१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरी र विना विभागीय तीन मन्त्रीले लिए सपथ



बुटवल । सत्ता गठबन्धनको लामो छलफलपछि लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरी सपथ दिलाएका छन् ।

मुख्यमन्त्री चौधरी दाङ ३(१) बाट निर्वाचित भएका हुन । मास्की दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र २, पाण्डे रुपेन्देहीको क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ र चौधरी बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट गत मंसिर ४ मा निर्वाचित भएका थिए ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले विना विभागीय मन्त्रीको सपथ लिएका छन् । मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिने र थप मन्त्री बनाउनेबारे पछि छलफल गरी निर्णयमा पुग्ने चौधरीको तयारी छ ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १ : ०१ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल