१३ माघ २०८२, मंगलबार | January 27, 2026

रोल्पामा गाडी दुर्घटना, एक विद्यार्थीको मृत्यु



रोल्पा । रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका-६ राँक ताप्लाका जाँदै गरेको गाडी दुर्घटनामा १५ वर्षिय किशोरको मृत्यु भएको हो ।

लु१ज ४७५५ नम्बरको डबल क्याप गाडी आइतबार अपरान्ह गंगादेवको ओइलाम नजिकै दुर्घटना हुँदा स्थानीय १५ वर्षका स्कुल ड्रेसमा रहेका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परेर ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ उद्धार गरी प्रहरीले उपचारका लागि दाङ तुलसीपुरतर्फ पठाएको छ ।

गाडीमा ९ जना सवार रहेको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी मगरले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ३० बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य