२१ बैशाख २०८३, सोमबार | May 4, 2026

एउटै समूहबाट पटकपटक आक्रमणको प्रयास भयो : केपी ओली



काठमाडौं । नेकप (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार आक्रमणकारीलाई पक्रेर केही गर्न नसकेको बताए ।

उनले आक्रमणकारीले धकेल्दा पनि प्रहरी प्रशासन केही नगरेको बताए । अध्यक्ष ओलीले २०–२५ जना केटाको एउटै समूहले आफूलाई झापा, इलाम, पाँचधरमा आक्रमणको प्रयास गरेको बताए । “हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुङ्गा हान्ने, कहीँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकारले उनीहरूलाई केही गर्न सकेन”, उनले भने।

आफूहरूविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू भएको छ भन्दै उनले भने, “त्यो म आफैँले देखेर, भोगेर आएको छु ।” कोही कम्युनिष्टको नाममा, कोही के कामका नाममा खोल ओढेर एमालेका विरुद्ध उत्रिएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले किसान नेतालाई काममा प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले काम नगरेपछि पदमा प्रतिस्पर्धा हुन थालेको भन्दै काम गरेपछि पदमा लडाइँ नहुने धारणा राखे । उनले किसानको नेताले परिचयपत्र देखाउन नपर्ने बताए ।

“किसान महासङ्घको नेताले परिचयपत्र देखाउनु पर्दैन । उसको घरमा जाँदा बालीनाली हेर्दा किसान महासङ्घको नेता हो भनेर चिन्नुपर्दछ, “उनले भने, “धेरै भिण्डी, ठूलो लौका, ठूलो फर्सी लामो घिरौँला फल्ने र जातअनुसारका गाईले धेरै दूध दिनुपर्दछ । तब मात्र किसान नेता हुन्छ ।”

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ५८ बजे

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार