३ श्रावण २०८३, आइतबार | July 19, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोले ओली – निर्दोष फसाउन खोजे सहँदैनौँ



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ लिएको विषयमा रायमाझीको संलग्नताबारे चासो राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले निर्दोष फसाउन खोजिए आफूहरुले नसहने चेतावनी दिए । साथै उनले दोषीलाई भने कारबाही हुनुपर्ने बताए ।

निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने भन्दै ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास होइन, तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ ।’

यसबारे आफूहरुले पनि अध्ययन गरिरहेको जानकारी दिएका ओलीले भने, ‘यो तानिएको हो कि तनाएको हो, यसको हामीले अध्ययन गर्दै छौँ । निर्दोष पर्न हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास होइन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । चेक जसले काट्यो, उसैसँग रहेको जस्ता कुरा छ । एउटा सांसद, पटक पटक मन्त्री भएको, उपप्रधानमन्त्री भइसकेको, पार्टीको नेता, षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु पर्ने रहस्यपूर्ण छ । भागेर र उम्केर जानेखालको मान्छे होइन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ४ : १६ बजे

जोर्डनस्थित एयरबेसमा अमेरिकी सेना मारिएपछि अमेरिका-इरान द्वन्द्व थप चर्कियो

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

जलबिरेमा दुई बस र ट्रक ठोक्किएपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–स्थित जलबिरेमा आइतबार बिहान दुई यात्रुवाहक

१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता

काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले