१७ माघ २०८२, शनिबार | January 31, 2026

नमस्ते एकेडेमीमा “लेट्स टक् अबाउट बुद्धिजम”



भैरहवा । रुपन्देहीको तिलोत्ताममा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ ।

नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व बिद्यालयमा अध्ययनरत रोशनी गुरुङ, चुङगुडा गुरुङले बिद्यार्थीले सोधेका जिज्ञासा मेटाएका थिए ।

बिद्यालयका बिद्यार्थीहरुले बुद्धिजमका बिषयमा बुद्धले प्राप्त गरेको ज्ञान, ध्यान, बुद्ध र बुद्धका अनुयायीले लगाउने बस्तका बिषयमा जानकारी लिएका थिए ।

समुहगत छलफल कार्यक्रमको सञ्चालन कक्षा १० मा अध्ययनरत बिद्यार्थी बिष्णु यादव र मोहम्मद अबुजरले गरेका थिए । कार्यक्रममा ध्यान सिकाउनका साथै ध्यानका फाईदाका बिषयमा बिद्यार्थीहरुलाई जानकारी दिईएको थियो । बिद्यार्थीहरुलाई लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा.निमा शेर्पाले जानकारी दिएका थिए ।

विद्यालयका सञ्चालक श्यामलाल खरेल प्रमुख अतिथी रहेको कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक जिग्मी शेर्पाले गरेका थिए भने कार्यक्रम सञ्चालन सहप्रधानाध्यपक लिलामण्डी पाण्डेले गरेका थिए ।

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ०५ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले