६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नमस्ते एकेडेमीमा “लेट्स टक् अबाउट बुद्धिजम”



भैरहवा । रुपन्देहीको तिलोत्ताममा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ ।

नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व बिद्यालयमा अध्ययनरत रोशनी गुरुङ, चुङगुडा गुरुङले बिद्यार्थीले सोधेका जिज्ञासा मेटाएका थिए ।

बिद्यालयका बिद्यार्थीहरुले बुद्धिजमका बिषयमा बुद्धले प्राप्त गरेको ज्ञान, ध्यान, बुद्ध र बुद्धका अनुयायीले लगाउने बस्तका बिषयमा जानकारी लिएका थिए ।

समुहगत छलफल कार्यक्रमको सञ्चालन कक्षा १० मा अध्ययनरत बिद्यार्थी बिष्णु यादव र मोहम्मद अबुजरले गरेका थिए । कार्यक्रममा ध्यान सिकाउनका साथै ध्यानका फाईदाका बिषयमा बिद्यार्थीहरुलाई जानकारी दिईएको थियो । बिद्यार्थीहरुलाई लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा.निमा शेर्पाले जानकारी दिएका थिए ।

विद्यालयका सञ्चालक श्यामलाल खरेल प्रमुख अतिथी रहेको कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक जिग्मी शेर्पाले गरेका थिए भने कार्यक्रम सञ्चालन सहप्रधानाध्यपक लिलामण्डी पाण्डेले गरेका थिए ।

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ०५ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी