५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । गत मंसिर ४ गते सम्पन्न उपनिर्वाचनपछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

च्यासलस्थित केन्द्रीय कार्यालय बस्ने बैठकको लागि विभिन्न एजेन्डा तय भइसकेका छन् । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डासमेत तय गरिएको छ ।

बैठकले चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने एजेन्डासमेत छ । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहाकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने गुरुङले बताए ।

यस्तै, केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षासमेत हुनेछ । मिसन ग्रासरुट अभियानको सातवटै भौगोलिक र दुईवटा गैरभौगोलिक प्रदेशको समिक्षा प्रतिवेदन सम्बन्धित प्रदेशमा खटिएका पार्टीका सचिवले पेस गर्ने प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । समिक्षा प्रतिवेदन गरिसकेपछि केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुटबारे छलफल गरिने उनको भनाइ छ ।

गुरुङका अनुसार मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्ययोजना बनाइनेछ । बैठकले पार्टीले नवप्रवेशीलाई व्यवस्थापन गर्न सम्बन्धमा र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्नेसमेत एजेन्डा रहेको उनले बताए ।

पक्राउ पुर्जी जारी भए पनि फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीको विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल हुने नेताहरू बताएका छन् । एमालेले रायमाझीलाई निलम्बन भने गरिसकेको छ । बैठक शनिबार सकिनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : १८ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले