१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

रक्तदान गरेर मनाइयो नेपालगन्जमा अन्तराष्ट्रिय नर्सिङ दिवस



नेपालगन्ज । नेपालगन्जमा रक्तदान गरेर नर्सिङ दिवस मनाइएको छ । अस्पतालहरुमा उपचारको लागि रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान गर्दै अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइएको हो ।

बाँकेका स्वास्थ्यकर्मीहरुको पहलमा नेपाल रेडक्रस सोसाइटी नेपालगन्जमा संचालन गरिउको रक्तदान कार्यक्रममा भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन पाण्डेले रक्तदान गरेर शुभारम्भ गरेका थिए ।

नर्सिङ सङ्घ बाँकेको आयोजनमा भएको सो रक्तदानमा भेरी अस्पतालका निमित्त मेसु डाक्टर पाण्डे, अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी क्षेष्ठ, नर्स झरना केसिलगायत दर्जन बढि स्वास्थ्यकर्मिले रक्तदान गरेका थिए ।

नर्सिङ प्रशासक क्षेष्ठले सहजिकरण गरेको कार्यक्रमका सहभागि स्वास्थ्यकर्मी रक्तदान नै जीवनदान भएकोले आमनागरिकले रक्तदान गर्नपर्ने बताए ।

बढ्दो गर्मीसंगै अस्पतालमा उपचारको लागि आउने विरामीलाई उपचारमा आवश्यक पर्ने रगत अभाव रहेको वेला सगठनात्मक रुपमा गरीएको यो कामले ठूलो पुण्य प्राप्त हुने वक्ताहरुले बताएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : १० बजे

भड्किला भाषणले देश बन्दैन, देश सम्हाल्ने तागत कांग्रेससंग छ : गगन थापा

बुटवल । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेद्वार गगनकुमार

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको

बुटवल र सैनामैनाबाट रास्वपा-नेकपा छाडेका साढे ३ सय जनालाई एमाले पार्टी प्रवेश गराए उपाध्यक्ष पौडेलले

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल र सैनामैनाका

बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम

नेपालगन्ज । बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम गरिएका