२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रक्तदान गरेर मनाइयो नेपालगन्जमा अन्तराष्ट्रिय नर्सिङ दिवस



नेपालगन्ज । नेपालगन्जमा रक्तदान गरेर नर्सिङ दिवस मनाइएको छ । अस्पतालहरुमा उपचारको लागि रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान गर्दै अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइएको हो ।

बाँकेका स्वास्थ्यकर्मीहरुको पहलमा नेपाल रेडक्रस सोसाइटी नेपालगन्जमा संचालन गरिउको रक्तदान कार्यक्रममा भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन पाण्डेले रक्तदान गरेर शुभारम्भ गरेका थिए ।

नर्सिङ सङ्घ बाँकेको आयोजनमा भएको सो रक्तदानमा भेरी अस्पतालका निमित्त मेसु डाक्टर पाण्डे, अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी क्षेष्ठ, नर्स झरना केसिलगायत दर्जन बढि स्वास्थ्यकर्मिले रक्तदान गरेका थिए ।

नर्सिङ प्रशासक क्षेष्ठले सहजिकरण गरेको कार्यक्रमका सहभागि स्वास्थ्यकर्मी रक्तदान नै जीवनदान भएकोले आमनागरिकले रक्तदान गर्नपर्ने बताए ।

बढ्दो गर्मीसंगै अस्पतालमा उपचारको लागि आउने विरामीलाई उपचारमा आवश्यक पर्ने रगत अभाव रहेको वेला सगठनात्मक रुपमा गरीएको यो कामले ठूलो पुण्य प्राप्त हुने वक्ताहरुले बताएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : १० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार