१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

एमाले केन्द्रीय कमिटी बैठक आजपनि, अध्यक्ष ओलीले जवाफ दिने



काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल सुरु गरिएको थियो ।

बैठकपछि पार्टीको वार्षिक कार्ययोजना भने स्थायी कमिटीको बैठक पछि तयार पारिने भएको छ । गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो ।

प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रिय समितिमा पेश गरी पारित गरिनेछ ।

आज बस्ने बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ३५ बजे

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय

आजको मौसम : देशभर आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको