२० मंसिर २०८२, शनिबार | December 6, 2025

जब्दीघाटको भाँच्चिएको पुलमुनी सांसदको आमरण अनशन



बर्दिया । उदघाटन नहुँदै भांच्चिएको बर्दियाको जब्दीघाटको पुलमुनी सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले आमरण अनशन थालेका छन् । विकास निर्माणका विभिन्न १५ बुँदे माग राख्दै बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले आमरण अनशनमा थालेका हुन् ।

विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राख्दै उनले जब्दीघाटको भाँच्चिएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन बसेका छन् । १५ बुँदे मागको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने माग रहेको छ ।

नेपालमै बदनाम कमाएको पप्पु कन्स्ट्रक्सनले बनाएको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो ।

सांसद गौतमले जिल्ला सदरमुकाम डुबान र कटानको जोखिमबाट बचाउन तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरुमा बजेट सुनिश्चित हुनुपर्ने लगायतका माग पनि राखेका छन् ।

अनशन बस्नु अघि साँसद गौतमले बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ०३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति