३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी भएको प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्धविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । पक्राउ पूर्जी जारी हुनुपूर्व नै यो घटनाका हाइप्रोफाइल व्यक्ति पक्राउ पर्न थालेपछि शेर्पा मोबाइलको स्विच अफ गरेर फरार छन् ।

शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका व्यक्ति हुन् । शेर्पाले यो प्रकरणमा पक्राउ परेकाहरुलाई भेटेर पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम नपोल्न भन्दै आग्रह गरेका थिए ।

रकम फिर्ता दिलाउने भन्दै शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई खाणको नाम नलिन भनेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ११ : ०२ बजे

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया

संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

काठमाडौंं । प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक