१९ माघ २०८२, सोमबार | February 2, 2026

सुर्खेतमा आज छाउपडी मेला



सुर्खेत । यही जेठ १ गते सोमबार सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना हुने भएको छ । महिनावारी व्यवस्थापन सम्वन्धी विविध विषयमा जानकारी दिने उद्धेश्यले उक्त मेलाको आयोजना गरिएको हो ।

कर्णाली प्रदेशमा महिनावारी व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार संघ संस्था लगायत सरोकारवालाहरुको साझा मञ्चको रुपमा स्थापित कदम अभियानले उक्त मेलाको आयोजना गर्न लागेको हो ।

कदमको पूरा रुप मर्यादित महिनावारीका लागि कर्णाली एलाइन्स हो । सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखा प्रमुखको अध्यक्षतामा गठन गरिएको उक्त सञ्जालमा हाल ३० भन्दा वढी संघसंस्था आवद्ध छन् । एलाइन्सले मर्यादित महिनावारी सम्बन्धमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

हरेक वर्ष मे २८ मा मनाइने विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी कदमले सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना गर्न लागेको हो ।

उक्त मेलामा छाउपडीसम्बन्धी जनचेतनामूलक देउडा खेल प्रतियोगिता तथा कदमको सद्भावना दुत समेत रहनुभएकी कालाकार सुनिता बिसीको साँगीतिक प्रस्तुति रहने संयोजक अनिता ज्ञवालीले जानकारी दिइन ।

कार्यक्रम वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै रहेको खुल्ला चौरमा हुने कदमको सचिवालय संस्था सुस्वाका राजु तिरुवाले जानकारी दिएका छन् । तिरुवाका अनुसार कदमले विश्व महिनावारी स्वच्छता दिवसको सन्दर्भमा ‘महिनावारी हुँदा पर हैन घर’ भन्ने कर्णालीमैत्री नारा समेत तय गरेको छ ।

अभियानका सदस्य संस्था केडका कार्यक्रम संयोजक सुमेस भट्टराईका अनुसार मेलामा छाउपडीसम्बन्धी जानकारी दिन विभिन्न स्टलहरु हुन्छन् । उनले भने- ‘यस्तो मेलामा सहभागीले महिनावारी तथा स्वच्छता सम्बन्धी धेरै कुराको जानकारी पाउँछन् ।’

कदम अभियान अन्तर्गत सबै साझेदार संस्थाहरुको संयुक्त पहलमा उक्त मेलाको आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : ०५ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका