१० पुस २०८२, बिहिबार | December 25, 2025

शरणार्थी प्रकरण बिदेशी दबाबमा छानबिन हुनु राष्ट्रिय लज्जाको विषय : राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भ्यागुतोको धार्नी नपुगेको जस्तो भएको बताएको छ ।

आज देखी काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको पुर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशीको दवावबाट भएकोसमेत उल्लेख गरेका छन् ।

‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दवावबाट मात्र भ्रष्टाचारको छानविन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन पेश गर्दै भने ।

सत्य, निष्ठा, इमान्दारीता, जवाफदेहीता दुर्लभ वस्तु बन्न गएको उल्लेख गर्दै लिङ्देनले भनेका छन, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ । धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ४ : ०३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन