६ श्रावण २०८३, बुधबार | July 22, 2026

राप्रपा केन्द्रीय समिति बैठक जारी, अध्यक्षको प्रतिवेदन लगायतमा छलफल हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ ।

यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठानिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको जनाएका छन् । उनले पेश गरेको प्रतिवेदनमा हाल भईरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको आरोप लगाएका छन् । ‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दवावबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङदेनले भनेका छन, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ ।’

उनले अगाडी भनेका छन, ‘धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’

उनले भ्रष्टचारको विरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन । मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिङदेनले जनाएका छन् ।

अध्यक्षको रानजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथी मंगलबारबाट छलफल हुने प्रवक्ता सगुन लावतीले जानकारी दिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ७ : २३ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय