२० मंसिर २०८२, शनिबार | December 6, 2025

कांग्रेसका असन्तुष्ट पक्षले सातै प्रदेशमा अलग्गै बैठक गर्ने



कामाडौं । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिविधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले  ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला गर्ने भएका हुन ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण लयायतका नेताहरुले सो अलग्गै अभियानको घोषणा गरेका हुन । जसअनुसार जनकपुरबाट सुरु प्रदेश स्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।

आज घोषित कार्यक्रम अनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।

यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदुरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ ।

कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गरिन लागेको आयोजकहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ५ : ०८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय