२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

सगरमाथा आरोहणका क्रममा यस सिजनमा मात्रै गुमाए ११ जनाले ज्यान



काठमाडौं । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो ।

मलेशियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एकजनाको भने पहिचान खुल्न बाँकी छ ।

सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिएका छन् । ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्’ उनले सञ्चारकर्मीसँग भने ।

सगरमाथा आरोहण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ४ सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिर्पोट तयारी गरिदै गरेको पर्यटन बोर्डले जनाएको छ ।

यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १० : ५४ बजे

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शनाको अग्रता, कांग्रेसका प्रवल थापा दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर

काठमाडौं-९ मा पनि रास्वपाको अग्रता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र

काठमाडौं-३ मा राजुनाथ पाण्डेको अग्रता, कुलमान घिसिङ दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको

मोरङमा मतगणना सुरु भएका ३ क्षेत्रमा नै रास्वपाको अग्रता

काठमाडौं । मोरङका तीन वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु

झापा-५ मा बालेन साहको अग्रता, केपी ओली पछ्याउँदै

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी सुरुवाती