१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी



गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आज (आइतबार) बिहान भएको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

स्टोरको औषधि, अक्सिजन कन्सलटेटरलगायतका सामाग्री पनि आगलागीले क्षति पुर्‍याएको शहीद लखन गाउँपालिका-७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् । आगलागीले ५० लाखभन्दा बढी भएको क्षति भएको छ र के के सामाग्रीमा क्षति पुग्यो भन्ने विवरण संकलन भइरहेको बताउँदै उनले भने, ‘आइतबार बिहान करिब साढे ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।’

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बुंकोट पुगेका छन् । झण्डै दुई घण्टापछि अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ९ : ३५ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर