२ पुस २०८२, बुधबार | December 18, 2025

एम्बाप्पे चम्किदा पिएसजी फ्रेन्च लिगको उपाधी नजिक



काठमाडौं । केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले  जीत हासिल गरेको छ ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पिएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ । आइतबार राति अक्सेरेमाथि २-१ को जित निकाल्दै पिएसजी उपाधि भन्दा एक कदम पछाडी रहन पुगेकाे हाे ।

आइतबारको खेलको छैटौ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १-० को सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट पछि अर्थात ८ औं मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २-० मा टुंगियो ।

तर, दोस्रो हाफको सुरुवाती अर्थात ५१ औं मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २-१ को स्थिति फर्काए । तर, त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन अन्तत खेल २-० मा नै टुंगिन पुग्यो ।

फ्रेन्च लिग वानमा पिएसजीले अब दुई खेल खेल्न बाँकी छ । तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पिएसजी कीर्तिमानी ११ औं पटक च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ७ : २५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल