१६ असार २०८३, मंगलबार | June 30, 2026

आईपीएलबाट बाहिरियो बैंग्लोर, प्लेअफ पुग्ने चार टोलीको लाग्यो टुंगो



काठमाडौं । विराट कोहलीको कीर्तिमानी शतकका बाबजुद रोयल च्यालेन्जर्स बैंग्लोर भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा गत विजेता गुजरात टाइटन्सविरुद्ध ६ विकेटले पराजित भएसँगै बैंग्लोर आइपिएलबाट बाहिरिएको हो ।

बैंग्लोरले प्लेअफमा स्थान बनाउन गुजरातलाई हराउनैपर्ने समीकरण बनेको थियो । यदि जित हात पारेको भए ऊ मुम्बई इण्डियन्सलाई नेट रन रेटमा पछि पार्दै प्लेअफमा पुग्ने थियो ।

बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो । उसका लागि विराटले शतकीय पारी खेले । ६१ बलको सामना गरेका उनले १३ चौका र १ छक्कासहित अविजित १ सय १ रन बनाए । आइपिएल २०२३ मा कोहलीको यो लगातार दोस्रो शतक हो ।

उनले अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ६३ बलमा १२ चौका र ४ छक्कासहित १०० रन बनाएका थिए । आइपिएल इतिहासमा कोहलीको यो सातौँ शतक हो । आइपिएलमा ७ शतक बनाउने उनी एक्लो ब्याटर हुन् ।

यस्तै, लिगको अन्तिम खेलमा कप्तान फाफ डुप्लेसिसले २८, माइकल ब्रेसवेलले २६, अनुज रावतले अविजित २३ र ग्लेन म्याक्सवेलले ११ रन जोडे । गुजरातका लागि नूर अहमदले २, राशिद खान, यश दयाल र मोहम्मद शामीले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गुजरातले १ सय ९८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर शुभमन गिलले शतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ८ छक्का र ५ चौकासहित अविजित १०४ रन बनाए । जारी सिजनमा गिलको यो लगातार दोस्रो शतक हो ।

अघिल्लो खेलमा उनले हैदराबादविरुद्ध १ सय १ रनको इनिङ खेलेका थिए । यस्तै, बैंग्लोरविरुद्ध विजय शकंरले ५३ र ऋद्धिमान साहले १२ रनको योगदान दिए ।

बैंग्लोरका लागि मोहम्मद सिराजले २, हर्षल पटेल र विजयकुमार वैशाकले १/१ विकेट लिए । योसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको छ । यसपटक गुजरातसँगै चेन्नई, लखनउ र मुम्बईले प्लेअफको यात्रा गरेका हुन् ।

राजस्थान, बैंग्लोर, कोलकाता, पञ्जाब, दिल्ली र हैदराबाद भने लिग चरणबाट बाहिरिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ७ : ४२ बजे

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट