२२ बैशाख २०८१, शनिबार | May 4, 2024

आईपीएलबाट बाहिरियो बैंग्लोर, प्लेअफ पुग्ने चार टोलीको लाग्यो टुंगो



काठमाडौं । विराट कोहलीको कीर्तिमानी शतकका बाबजुद रोयल च्यालेन्जर्स बैंग्लोर भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा गत विजेता गुजरात टाइटन्सविरुद्ध ६ विकेटले पराजित भएसँगै बैंग्लोर आइपिएलबाट बाहिरिएको हो ।

बैंग्लोरले प्लेअफमा स्थान बनाउन गुजरातलाई हराउनैपर्ने समीकरण बनेको थियो । यदि जित हात पारेको भए ऊ मुम्बई इण्डियन्सलाई नेट रन रेटमा पछि पार्दै प्लेअफमा पुग्ने थियो ।

बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो । उसका लागि विराटले शतकीय पारी खेले । ६१ बलको सामना गरेका उनले १३ चौका र १ छक्कासहित अविजित १ सय १ रन बनाए । आइपिएल २०२३ मा कोहलीको यो लगातार दोस्रो शतक हो ।

उनले अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ६३ बलमा १२ चौका र ४ छक्कासहित १०० रन बनाएका थिए । आइपिएल इतिहासमा कोहलीको यो सातौँ शतक हो । आइपिएलमा ७ शतक बनाउने उनी एक्लो ब्याटर हुन् ।

यस्तै, लिगको अन्तिम खेलमा कप्तान फाफ डुप्लेसिसले २८, माइकल ब्रेसवेलले २६, अनुज रावतले अविजित २३ र ग्लेन म्याक्सवेलले ११ रन जोडे । गुजरातका लागि नूर अहमदले २, राशिद खान, यश दयाल र मोहम्मद शामीले १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गुजरातले १ सय ९८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर शुभमन गिलले शतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ८ छक्का र ५ चौकासहित अविजित १०४ रन बनाए । जारी सिजनमा गिलको यो लगातार दोस्रो शतक हो ।

अघिल्लो खेलमा उनले हैदराबादविरुद्ध १ सय १ रनको इनिङ खेलेका थिए । यस्तै, बैंग्लोरविरुद्ध विजय शकंरले ५३ र ऋद्धिमान साहले १२ रनको योगदान दिए ।

बैंग्लोरका लागि मोहम्मद सिराजले २, हर्षल पटेल र विजयकुमार वैशाकले १/१ विकेट लिए । योसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको छ । यसपटक गुजरातसँगै चेन्नई, लखनउ र मुम्बईले प्लेअफको यात्रा गरेका हुन् ।

राजस्थान, बैंग्लोर, कोलकाता, पञ्जाब, दिल्ली र हैदराबाद भने लिग चरणबाट बाहिरिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ७ : ४२ बजे

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय