७ श्रावण २०८३, बिहिबार | July 23, 2026

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’



बलेवा । पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो ।

आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उनले निर्देशनसमेत दिएको बताए ।

सङ्क्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्युसमेत भइसकेको बताइएको छ । सापकोटाका अनुसार झण्डै चार सय पशु सङ्क्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो । मृत्यु हुने अधिकांश पशुमा उच्च ज्वरो देखिएको केन्द्र प्रमुख डा सापकोटाले जानकारी दिए ।

एक सय चार डिग्रीभन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उनले प्राविधिकलाई आग्रह गरेका हुन । होलिस्टाइन र अन्य विकासे गाई पालिएको फर्ममा यो स¬ङ्क्रमण बढी देखिएको हो । तराइका जिल्लामा देखिएको सङ्क्रमण क्रमशः बागलुङमा पनि आएको हो । पहिलो पटक अफ्रिकाको जाम्बियामा देखिएको रोग दुइ वर्ष अघि भारत र नेपालमा देखिएको थियो । अहिले भने यो रोग सङ्क्रमक भएर फैलिएको सापकोटाले जानकारी गराए ।

जिल्लाका सबै पालिकास्थित पशुसेवा शाखाका प्राविधिकलाई उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो । यो रोग सङ्क्रमण भएको गाई भैँसीमा पाँच दिनसम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्को पशुमा सर्ने गरेको भेटिएको हो । त्यसका लागि गोठ सफाइ गर्ने, सङ्क्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उनले बताए ।

यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या देखिएको छ । कतिपय गाईले ८० प्रतिशतसम्म दूध घटाएको र बढाउन नसकिने अवस्था भएको सापकोटाको भनाइ थियो । यो रोगको निश्चित औषधि नभएकाले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताए । ज्वरोकोलागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भइरहेको हो ।

अन्तक्र्रियामा बडिगाड गाउँपालिका पशु शाखाका बसन्त गौतम, गलकोटका शिव आचार्य, ताराखोलाका चिन्तामणी शर्मा, ढोरपाटनकी टेकमाया खड्का, तमानकी यमकुमारी घर्ती, काठेखोलाकी तुला गलामी निसीका कृष्ण चन्द र जैमिनीका कृष्ण ढकालले नियमित किसानको फर्म र घरघरमा खटिएर उपचार सेवा दिएको बताए ।

कतिपय पालिकाले खोपकालागि रकमसमेत सङ्कलन गरेको तर चाहे जति खोप नपाएको गुनासोसमेत गरेका थिए । नेपालमै अहिले यो रोगविरुद्धको खोप अभाव भएकाले औषधि उपचारमै जोड दिनुपर्ने सापकोटाले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले किसानको लागि पशु र जमिननै सबै सम्पत्ति भएकाले प्राविधिकले यो समयमा उपचारमा सहयोग गर्नुपर्ने बताए । उनले आम नागरिकलाई यो रोगबारे जानकारीसमेत दिनुपर्ने धारणा राखेका थिए ।

सहायक प्रजिअ चित्राङगत बरालले किसानको समस्या समाधानमा प्रशासन पनि गम्भीर भएको बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : २८ बजे

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको