१५ बैशाख २०८१, शनिबार | April 27, 2024

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’



बलेवा । पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो ।

आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उनले निर्देशनसमेत दिएको बताए ।

सङ्क्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्युसमेत भइसकेको बताइएको छ । सापकोटाका अनुसार झण्डै चार सय पशु सङ्क्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो । मृत्यु हुने अधिकांश पशुमा उच्च ज्वरो देखिएको केन्द्र प्रमुख डा सापकोटाले जानकारी दिए ।

एक सय चार डिग्रीभन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उनले प्राविधिकलाई आग्रह गरेका हुन । होलिस्टाइन र अन्य विकासे गाई पालिएको फर्ममा यो स¬ङ्क्रमण बढी देखिएको हो । तराइका जिल्लामा देखिएको सङ्क्रमण क्रमशः बागलुङमा पनि आएको हो । पहिलो पटक अफ्रिकाको जाम्बियामा देखिएको रोग दुइ वर्ष अघि भारत र नेपालमा देखिएको थियो । अहिले भने यो रोग सङ्क्रमक भएर फैलिएको सापकोटाले जानकारी गराए ।

जिल्लाका सबै पालिकास्थित पशुसेवा शाखाका प्राविधिकलाई उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो । यो रोग सङ्क्रमण भएको गाई भैँसीमा पाँच दिनसम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्को पशुमा सर्ने गरेको भेटिएको हो । त्यसका लागि गोठ सफाइ गर्ने, सङ्क्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उनले बताए ।

यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या देखिएको छ । कतिपय गाईले ८० प्रतिशतसम्म दूध घटाएको र बढाउन नसकिने अवस्था भएको सापकोटाको भनाइ थियो । यो रोगको निश्चित औषधि नभएकाले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताए । ज्वरोकोलागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भइरहेको हो ।

अन्तक्र्रियामा बडिगाड गाउँपालिका पशु शाखाका बसन्त गौतम, गलकोटका शिव आचार्य, ताराखोलाका चिन्तामणी शर्मा, ढोरपाटनकी टेकमाया खड्का, तमानकी यमकुमारी घर्ती, काठेखोलाकी तुला गलामी निसीका कृष्ण चन्द र जैमिनीका कृष्ण ढकालले नियमित किसानको फर्म र घरघरमा खटिएर उपचार सेवा दिएको बताए ।

कतिपय पालिकाले खोपकालागि रकमसमेत सङ्कलन गरेको तर चाहे जति खोप नपाएको गुनासोसमेत गरेका थिए । नेपालमै अहिले यो रोगविरुद्धको खोप अभाव भएकाले औषधि उपचारमै जोड दिनुपर्ने सापकोटाले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले किसानको लागि पशु र जमिननै सबै सम्पत्ति भएकाले प्राविधिकले यो समयमा उपचारमा सहयोग गर्नुपर्ने बताए । उनले आम नागरिकलाई यो रोगबारे जानकारीसमेत दिनुपर्ने धारणा राखेका थिए ।

सहायक प्रजिअ चित्राङगत बरालले किसानको समस्या समाधानमा प्रशासन पनि गम्भीर भएको बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : २८ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको