२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेको छैन : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक सङ्कटको योजना ल्याउन नसकेको टिप्पणी गरेका छन ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज उनले नीति तथा कार्यक्रममा सरकारले देशलाई कुन बाटोबाट अगाडि लैजाँदैछ भन्ने मार्गचित्र हुनुपर्ने बताए । अहिले देशको अवस्था सामान्य नरहेको र देशले आर्थिक सङ्कट भोगिरहेको अवस्थामा नीति तथा कार्यक्रममा यसको कसरी सामना गर्ने भन्ने समाधानका उपाय हुनुपर्ने सांसद लिङ्देनले उल्लेख गरे ।

नीति कार्यक्रममा समस्या पहिचान र प्राथमिकता प्रष्ट छुट्याउन नसकेको उल्लेख गर्दै सांसद लिङ्देनले कतिपय विषयमा विरोधाभाष रहेको बताए । रोजगारमूलक उद्योग खोल्ने, बिजुली सहुलियतमा दिने, दलले शेयर नखोज्ने, युनियनबाजी नहुनेजस्ता ग्यारेन्टी गर्नसके उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

पर्यटनको पूर्वीय दर्शनको उद्गमथलो नेपाल भएको र बुद्ध तथा हिन्दूत्वको सरकारी तवरबाटै विकास गर्नुपर्ने सुझाव दिँदै सांसद लिङ्देनले पर्यटनको कुरालाई जोड्दा धार्मिक पर्यटनलाई बिर्सनु नहुनेमा जोड दिए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नीति तथा कार्यक्रममा सरकारले भनेजस्तै आर्थिक समस्या समाधानका उपाय उल्लेख छन कि छैनन् भन्ने सोचनीय विषय भएको बताए । विप्रेषणमा भरपरेको अर्थतन्त्र पछिसम्मका लागि दिगो नहुने जिकिर गर्दै उहाँले जनताले समृद्धि र विकास खोजिरहेकाले सबै पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा एकमत हुनुपर्नेमा जोड दिए । राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारीअनुसारको काम गर्नुपर्ने र राजनीति गर्नु छ भने राजिनामा गरेर आउन उनले सुझाव दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ३ : ५३ बजे

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा