७ श्रावण २०८३, बिहिबार | July 24, 2026

काठमाडौंको बाँसबारीमा नेपाल-पाकिस्तान फ्रेण्डसिप पार्क संचालनमा



काठमाडौं । काठमाडौंको बाँसबारीमा नेपाल पाकिस्तान फ्रेन्डसिप पार्क संचालनमा आएको छ ।

पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित बाँसबारीमा पार्क निर्माण भएको हो । आज आयोजित एक कार्यक्रमका बीच पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पार्क महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । सहिद गंगालाल अस्पताल नजिकैको बाँसबारी क्लबमा सो पार्क बनाइएको हो ।

कार्यक्रममा वडा नं ३ का अध्यक्ष प्रेम थापा, काठमाडौं लायन्स क्लबका अध्यक्ष अनन्त भेटवाल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र जिल्ला अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाईरु सम्बोधन गर्दै राजदूत हाश्मीले फ्रेन्डसिप पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहेको बताए । उनले पार्कले पाकिस्तान र नेपालका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने विश्वास व्यक्त गरे । सुन्दर पार्कको विकासमा दूतावासलाई सहयोग गर्ने अवसर प्रदान गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ३ का वडाअध्यक्ष प्रेम थापाले नेपालका जनतालाई ‘ओपन एयर जिम’ सुविधा प्रदान गरेकोमा पाकिस्तान सरकारप्रति कृतज्ञता व्यक्त गरे । उनले पार्कले दुई देशबीचको मित्रता र सहयोगको दीर्घकालीन प्रतीकका रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरे

नेपाल–पाकिस्तान फ्रेण्डसिप पार्क पाकिस्तान र नेपालका जनताको साझा आकांक्षा र अटुट मित्रतामा रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : २१ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी