१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

१९८ जना नेपाली विद्यार्थीलाई ‘एम्बेसेडर अफ पाकिस्तान’ छात्रवृत्ति प्रदान



काठमाडौं । पाकिस्तानी राजदूतावासले १९८ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आज दूतावासले काठमाडौंमा ११औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको आयोजना गर्दै नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १९८ नेपाली विद्यार्थीलाई “एम्बेसेडर अफ पाकिस्तान छात्रवृत्ति” प्रदान गरेका छन् ।

दूतावासले देशभरका सरकारी विद्यालयबाट छानिएका उत्तम विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैआएको छ । यस वर्ष ४३ विद्यालयका १९८ विद्यार्थीलाई नगद र ल्यापटप प्रदान गरिएको छ ।

त्यसअवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पाकिस्तानको निरन्तर सहयोग प्राप्त भैरहेकोमा प्रशंसा गरे । उनले शिक्षाको क्षेत्रमार्फत नेपाल र पाकिस्तानका जनताबीचको जनता–जनताको सम्पर्कलाई अगाडि बढिरहेको बताउँदै दुई देशबीचको घनिष्ट मैत्रिपूर्ण सम्बध अझ विस्तार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिवद्धता जनाए । उनले पाकिस्तान–नेपाल द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो संकल्प र इच्छा पनि व्यक्त गरे ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम विगतका वर्षहरूमा बढ्दै गएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ४ : १९ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत