काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३ औँ बैठक बस्न लागेको हो । बैठक ११ बजे सुरु हुनेछ ।
आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आ व २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यसअघि नीति तथा कार्यक्रममा बोल्न बाँकी सांसदहरूले धारणा राख्नेछन् । प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
राष्ट्रियसभाले बुधबार नै नीति कार्यक्रम बहुमतले पारित गरिसकेको छ ।



















प्रतिक्रिया