२७ जेष्ठ २०८०, शनिबार | June 11, 2023

विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु



सप्तरी । सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी-२ बस्ने १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो ।

राजविराज कुनौली रोडमा रहेको विद्यालयमा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकका आफन्तले विद्यालयको लारबबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १२ : १० बजे

सीमानाकामा प्रदेश मन्त्रीको निर्देशनमा मलखाद भित्राउन छुट ! पाल्पामा धमाधम बरामद

पाल्पा । आजै बिहान नवलपरासीबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु

प्रधानमन्त्री प्रचण्ड केही मन्त्रीसहित पशुपतिमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको

ग्रेस ईन्टरनेशनलकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै

बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस

आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान

काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान