५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले सांसदको नाराबाजीपछि संसद बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।  शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरु अहिले रोष्ट्रम घेरेर नाराबाजी गरेका थिए ।

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरुले सरकारले जवाफ दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर नाराबाजी गरिरहे ।

बैठक चल्न दिन पटक पटकको आग्रह गर्दा पनि एमाले सांसदले नमानेपछि सभामुख देवराज घिमिरेले शुक्रबार नै बस्नेगरी २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि सभामुख घिमिरेले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । उनीहरुले सरकारले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए ।

सोही बेला माओवादीका हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरिरहे । सभामुख घिमिरेले पटक पटक बैठक चल्ने वातावरण बनाउन यथास्थानमा गएर आसन ग्रहण गर्न आग्रह गरिरहे । तर, एमालेका सांसदले नमानेपछि बैठक नै स्थगित गरिएको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १२ : ५० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता