२३ चैत्र २०८२, सोमबार | April 6, 2026

पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’



काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ ।

शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए । “चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटेको छु । यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ”, निर्देशक वलले भने ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय गरेका छन ।

“मलाई सधैँ बाँचिरहने चलचित्रमा अभिनय गर्न मन थियो किनकी ती चलचित्र जहिले देखाउन सकिन्छ । यस्तै चलचित्र बनेको छ”, अभिनेता राईले भने, “यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । हामीले नेपालको सुन्दरता देखाउने प्रयास गरेका छौँ ।”

भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्र विविध कारणले प्रदर्शन हुन समय लागेको निर्देशक वलले जानकारी दिए । उनले भने, “हामीले प्रदर्शन तय गरेको समयमा कोरोना भाइरसका कारण सम्भव भएन । त्यसपछि अहिले बल्ल तय भएको छ । प्रदर्शन ढिलो हुँदा निर्माण लागत पनि बढेको छ ।”

रुवि भ्याली र काठमाडौंमा छायाङ्कन गरिएको चलचित्र आफूले खोजे झैँ भएको अभिनेता खतिवडाले बताए । “कहिले पैसा र कहिले कथाले म जस्ता कलाकारलाई चलचित्रमा आबद्ध हुन बाध्य बनाउँछ । तर यसमा दुवै पाएँ”, उनले भने । आयोजित पत्रकार सम्मेलनमा चलचित्रको गीत तथा ट्रेलर पनि देखाइएको थियो ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको चलचित्रमा प्रमोद कार्कीले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले सङ्गीत दिएका छन । यो चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ७ : ४१ बजे

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ