१६ असार २०८३, मंगलबार | July 1, 2026

रुपेश जैसवाललले उचाले बुद्धिचालको उपाधी



भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन् ।

सो प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेश्रो हुन सफल भए भने शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगितामा चौथौ सुरोज महर्जन, पाँंचौ शुशिल चौधरी, छैटौं क्षितिज भण्डारी, सातौ सुरवीर लामा, आठौ नवीन तण्डुकार, नवौं सुसोन दाहाल र दसौं राजेश कक्षपति हुन सफल भए ।

विजयी खेलाडीहरुलाई शनिबार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । उनीहरुलाई बागमति प्रदेशका साँंसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा पहिलो हुने नगद रु २५ हजार, दोश्रो हुने १५ हजार र तेश्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए । चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंचपाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो ।

आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल एक सय ४० जनाले सहभागिता जनाएका थिए, जसमध्ये ६ जना महिला थिए । प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइएको छ । सो प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको थियो ।

टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा सो प्रतियोगिता गरिएको हो । ग्वाछाको झण्डै ४५ दिन अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ५६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी