५ पुस २०८२, शनिबार | December 20, 2025

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा



काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक भएको जनाएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर नागरिकता विधेकय प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रेस विज्ञप्ति

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई / दुई पटक पारित भएर पनि विगत लामो समय देखि रोकिएर रहेको नागरिकता विधेयक अन्ततः आज महामहिम रास्ट्रपति ज्युद्वारा संविधानको धारा ६१ को उपधारा (२), (३), (४) तथा संविधानको धारा ६६ बमोजिम सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त बमोजिम प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक हो । यस्ले खास गरि राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पिडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकता सम्बन्धि धेरै हदसम्म समस्याको समाधान गर्नेछ । यस प्रक्रियामा न्यायसंगत रुपमा साथ सहयोग दिने सवैलाई हार्दिक धन्यवाद ।

महन्थ ठाकुर
अध्यक्ष

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ५ : ५६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता