२० बैशाख २०८३, आइतबार | May 3, 2026

भारतीय संसदको मुरलबारे पाकिस्तानको टिप्पणी – अखण्ड भारतको दाबी विस्तारवादी मानसिकताको उपज



काठमाडौं । पाकिस्तानले ‘अखण्ड भारत’को दाबी संशोधनवादी र विस्तारवादी मानसिकताको उपज भएको टिप्पणी गरेको छ ।

भारतको संसदमा राखिएको भित्ते चित्र (मुरल)मा राखिएको अखण्ड भारतभित्र पाकिस्तानलाई समावेश गरिएको भन्दै त्यहाँको विदेश मन्त्रालयले आपत्ति जनाउँदै त्यस्तो टिप्पणी गरेको हो ।

पाकिस्तान विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्राचिन भारतलाई चित्रण गरिएको बहानामा पाकिस्तान र अन्य क्षेत्रीय देशहरुलाई समेत समावेश गरेकोमा असन्तुष्टि जनाएको छ ।

विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुरललाई अखण्ड भारतको नामसँग जोडेर भारतका केन्द्रीय मन्त्रीहरु र भाजपाका नेताहरुले गरेको विश्लेषणबाट आफुहरु आश्चर्यचकित भएको जनाइएको छ ।

अखण्ड भारतको दाबीले भारतका छिमेकी राष्ट्रहरूको मात्र होइन आफ्नै धार्मिक अल्पसंख्यकहरूको पहिचान र संस्कृतिलाई पनि नियन्त्रण गर्न खोजेको पाकिस्तानले जनाएको छ । आफ्नो विभाजनकारी र संकुचित राजनीतिक एजेन्डालाई अगाडि बढाउन अन्य देशहरू विरुद्ध बयानबाजी नगर्न भन्दै पाकिस्तानले भारतलाई सुझाव पनि दिएको छ ।

‘विस्तारवादी महत्वाकांक्षालाई पोषित गर्नुको सट्टा भारतले आफ्ना छिमेकीहरूसँगको विवाद सुल्झाउनुपर्छ र शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया निर्माण गर्न उनीहरूसँग मिलेर काम गर्नुपर्छ”, विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुरलमा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरलाई समावेश गरेको विषयमा नेपालभित्र विरोध भैरहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ४ : १२ बजे

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ