४ पुस २०८२, शुक्रबार | December 20, 2025

कालापानीको भूमि साटफेर गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको एमालेले जवाफ माग्ने



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणबाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।

बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित विपरित बंगलादेशको सिमासम्म पहुँच पुरयाउनका लागि नेपालले कालापानीको भू-भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिव्यक्ति दिएको सार्वजनिक भएको छ, यो विषयमा आइतबारको संसद बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौं,’ सचेतक गिरीले भने । उनका अनुसार प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै सो जवाफ मागिन लागिएको हो ।

प्रधानमन्त्री प्रचण्डले भारतको आफनो चार दिने औपचारिक भ्रमणको क्रममा बंगलादेशसँग सिमा पहुँच पुरयाउनका लागि कालापानीको भू(भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो ।

एमालेले इपिजी प्रतिवेदनका बारेमा प्रधानमन्त्री प्रचण्डले छलफल नगरेको विषयलाई पनि गम्भिरतापुर्वक लिएको छ । ‘सीमा समस्याको विषयलाई उहाँले उठाउन सक्नुभएन, ईपीजी प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरु पनि उहाँले उठाउनु भएन, यो भ्रमण राष्ट्रहितको पक्षमा हुन सकेन’ एमाले संसदीय दलको निष्कर्ष सुनाउँदै गिरीले भने । उनका अनुसार ‘दिने काम भएको तर लिने काम हुन नसकेको भ्रमण’ को रुपमा एमालेले लिएको छ ।

आजबाट सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८/८१ को बजेट माथी छलफल सुरु हुनु अघि एमालेले प्रधानमन्त्रीसँग भूमि साटफेरको बिषयमा जवाफ माग्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको