२३ बैशाख २०८३, बुधबार | May 6, 2026

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा



कटारी । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो ।

नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, “भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ । नगरवासीको सर्पको टोकाइबाट ज्यान नजाओस् भनेर अस्पतालबाट नै उपचार सेवा दिन लागेका हौँ ।”

नगरपालिकाको सहकार्यमा सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेड डा गौरव साहले बताए । “आवश्यक विज्ञ चिकित्सकसँगको परामर्श र सहकार्यमा उपचारको तयारी गरेका हौँ ।” उनले भने, “सरोकारवालासँग सर्पको टोकाइ र यसको उपचारका लागि गरिने विधि र जोखिमबारेमा अन्तक्रियासमेत गरिसकेका छौँ ।”

कटारी नगर क्षेत्र उदयपुर जिल्लाकै सर्पदंशको जोखिममा रहेको छ । यस क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट मानिसले ज्यान गुमाउने गरेका छन् ।

यसअघि कटारी-३ को ताराघारीमा नेपाली सेनाको क्याम्प रहेको र त्यही सर्पदंश उपचार केन्द्र थियो । उक्त क्याम्पताराघारीबाट कटारी-१ कै वेलसोतस्थित आर्मी क्याम्पमा सरेपछि कटारी बजार क्षेत्रका लागि टाढा भएकाले अस्पतालबाट नै उपचार सेवा दिने तयारी गरिएको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताए । उनले भने, “यस क्षेत्रमा गर्मी बढेसँगै विषालु सर्पले बर्सेनि मानिसको ज्यान जाने गरेपछि अस्पतालमा उपचार सेवा दिन लागिएको हो । ”

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ०९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा