४ पुस २०८२, शुक्रबार | December 19, 2025

बीबीसीद्धारा कर छलेको स्विकार, भारतलाई बुझायो ६४ करोड आयकर



नयाँ दिल्ली । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ।

मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर नतिरेको स्विकार गर्दै कर तिरेको हो । आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा भन्दा कम तिरेको जनाएको छ ।

यो भनिएको छ कि अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना समेत लगाइने छ। स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन् । उनले देशको कानुन सबैका लागि बराबर भएकाले बीबीसी लगायत कुनै पनि कम्पनीलाई चाहे त्यो कम्पनी भारतीय होस् वा विदेशीलाई कुनै छुट नदिने बताए । उनले भने, ‘बीबीसीले भारतको कानुन पालना गर्नुपर्छ।’

विभागले यो विषयलाई तार्किक निष्कर्षमा नपुगेसम्म निरन्तरता दिनेछ ।

चालु वर्षको फेब्रुअरीमा आयकर विभागले बीबीसीको नयाँ दिल्ली र मुम्बई कार्यालयमा कर छलीको मामिलामा सर्वेक्षण गरेको थियो। त्यतिबेला पनि अधिकारीहरूले बीबीसीको आम्दानी र नाफामा भिन्नता रहेको बताएका थिए । भारतमा यसका एकाइहरू जुन मात्रामा सञ्चालन भइरहेका छन्, त्यो बीबीसीले दिएको राजस्वको तथ्यांकसँग मेल खाँदैन।

त्यसबेला बीबीसीका महानिर्देशक टिम डेभीले आफ्नो संस्था एजेन्डा नभई उद्देश्यका साथ काम गर्ने बयान दिएका थिए। बेलायती सरकारले बीबीसीको पक्षमा सम्पादकीय स्वतन्त्रताको कुरा पनि गरेको थियो।

भारत सरकारले कर दाखिला गर्न लगाएर यसको उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बीबीसीले आयकर विभागले बदला लिइरहेको जस्तो चित्रण गरिरहेको छ । विभागीय स्रोतका अनुसार सूचना प्रविधि अधिकारीहरुको सर्वेक्षणका बेला बीबीसीले आफूबाट केही बदला लिइएको देखाउन खोजेको थियो तर अहिले कर छलीको कुरा स्वीकार गरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ८ : ३६ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म