२ माघ २०८१, बुधबार | January 15, 2025

अराजक र कानुनविपरितका गतिविधिलाई राज्यले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेश नामको विरोधमा भैरहेका अराजक र कानुनविपरितका गतिविधिलाई राज्यले छुट नदिने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जवाफ मागेपछि संसदलाई सम्बोधन गर्दैै गृहमन्त्री श्रेष्ठले अराजक र कानुनविपरितका गतिविधिलाई छुट दिन नसकिने प्रष्ट पारेका छन् ।

कसैले पनि शान्तिपूर्ण ढंगले संविधानसम्मत रुपमा आफ्नो विचार अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरे आपत्ति नहुने तर अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिन नसकिने उनले बताए ।

गृहमन्त्रीले पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएर संघीयतालाई कमजोर बनाउन खोजेको जस्तो देखिएको उनले बताए । उनले नामकरणको विषयमा संघीयतालाई नै कमजोर पार्ने र संघीयता नचाहनेहरूलाई फाइदा हुने गरी कुनै पनि गतिविधि नगर्न आन्दोलनरत पहिचानवादीहरूलाई आग्रह समेत गरे ।

उनले कोशी प्रदेशमा भैरहेका गतिविधिबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेको जानकारी दिए ।

त्यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेका थिए । उनले सरकारले सुरक्षा दिन नसके एमालेले आफै नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : २० बजे

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताद्वारा अदालत परिसरमा हातपात

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ

निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा, अर्थमन्त्री भन्छन् : २८ मध्ये २२ अर्ब निकास भइसक्यो

काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको

रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका स्वतन्त्र पाटी (रास्वपा)का सभापति