२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

खजुरामा नेपाल स्वयमसेवी रक्तदाता समाजको उपशाखा गठन



खजुरा । रक्तदान क्षेत्रमा क्रियाशिल रक्तदाताहरुको भेलाले बाँकेको खजुरामा नेपाल स्वयमसेवी रक्तदाता समाज गठन गरेको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहको उपस्थितिमा भएको भेलाले खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयमसेवी रक्तदाता समाज खजुरा उपशाखा गठन गरेको हो ।

रक्तदाताहरुको भेलामा बोल्दै समाजका सल्लाहकार पूर्णलाल चुकेले २०६२-०६३ सालमा काठमाडौंमा दर्ता गरिएको नेपाल स्वयम्सेवी रक्तदाता समाजको परिचय, पृष्ठभूमि र मानव जीवनमा रक्तदानको महत्वका बारेमा प्रकाश पारे । उनले रक्तदान जस्तो सबभन्दा ठूलो मानवीय अभियानलाई गाउँपालिका स्तरमा फैलाउनका लागि स्थानीय युवा र रक्तदाताहरुले जागरुक हुनु पर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहले रक्तदान उत्कृष्ठ मानव सेवाका लागि सबै रक्तदाताहरुलाई समाजसंग जोडिएर हातेमालो गरेर महान अभियानमा सहभागी हुन आव्हान गरिन् । अध्यक्ष शाहले हाम्रो एक पिन्ट रगतले रगत नपाएर छट्पटिएका कुनै एक विरामीले नयाँ जीवन पाउँछ भने हामीले आफ्नो शरीरबाट खेर गइरहेको रगत दिन अरुलाई पनि उत्प्रेरित गर्न सबैलाई अनुरोध गरिन् ।

भेलाले स्थानीय युवा स्वयमसेवी रक्तदाता विकास काउचा मगरको अध्यक्षतामा समाजको उपशाखा गठन गरेको छ । खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयमसेवी रक्तदाता समाज खजुरा उपशाखा समितिको उपाध्यक्षमा अरुणा गुरुङ, सचिवमा गौरव सापकोटा र कोषाध्यक्षमा विश्वास कक्षपति रहेका छन् ।

सदस्यहरुमा सूर्य प्रसाद नेपाली, सुजाता खरेल, बसन्त भण्डारी, जीवन यादव, रविना खड्का, अस्मिता ओली र विजय केसी रहेका छन् । भेलाले सल्लाहकारमा अमित लामा र सुभाष निरौलालाई चयन गरेको छ ।

भेलामा सहभागीहरुले यही जेठ ३१ गते विश्व रक्तदाता दिवसका अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाज, बाँकेले नेपालगञ्जमा आयोजना गर्ने वृहद रक्तदान कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १ : ३२ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने