७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहार उपहार



म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहार उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डालगायतका पौष्टिक आहरा उपहार दिइएको हो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

“स्वास्थ्य संस्थामा गई चार, छ, आठ र नौ महिनामा गर्भ जाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको वृद्धि अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ”, उनले भने, “पालिकाभित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुविधा पाउने कार्यविधि बनाएका छौँ ।”

चार पटकको गर्भ परीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घ्यू र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपहार दिने गरिएको छ । पन्ध्र महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा वृद्धि अनुगमन गर्ने बच्चाले पनि एक/एक क्यारेट अण्डा पाउँछन् ।

चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन भएको यस कार्यक्रमबाट एक सय २६ जना सुत्केरी र दुई सय जना गर्भवतीले यो सुविधा पाइसकेका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताइन । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धैलागिरि गाउँपालिकाका अधिकांश महिला सुत्केरी हुन सदरमुकाम बेनी तथा जिल्ला बाहिरका अस्पतालमा जाने गर्छन् । केही अझै पनि भरमा असुरक्षितरुपमा सुत्केरी हुने गरेका छन् । धौलागिरिको सातवटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।

यसैगरी धौलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घरघरमा अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दीर्घरोगीलाई घरदैलोमै औषधि उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण सङ्कलन भइरहेको छ”, उनले भने, “विवरण सङ्कलन भएपछि गाउँपालिकाले औषधि खरिद गरेर दीर्घरोगीलाई उपलब्ध गराउँछौँ ।” यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ७ : ४९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज