५ पुस २०८२, शनिबार | December 20, 2025

भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्धारा अस्विकार, अन्तिम पत्रकार पनि भारत फर्कदै



नयाँदिल्ली । चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन् ।

यी पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यस वर्षको सुरूवातीमा चार भारतीय पत्रकार चीनमा थिए ।

चीन र भारतले दुई एसियाली आर्थिक महाशक्तिहरूले एक अर्काका पत्रकारहरूलाई आ-आफ्नो देशबाट निष्कासन गरेपछि चीनमा रहेका अन्तिम भारतीय पत्रकारलाई पनि छाड्न भनिएको छ ।

ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार यस मामिलासँग परिचित व्यक्तिका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएका छन् । ती पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । र, यसले सम्बन्ध बिग्रँदै गएको विश्वलाई देखाउने छ ।

यस वर्षको सुरुमा चार भारतीय पत्रकार चीनमा थिए । हिन्दुस्तान टाइम्स पत्रिकाका रिपोर्टरले गत हप्ता चीन छाडेका थिए भने सरकारी च्यानल प्रसार भारती र द हिन्दू पत्रिकाका पत्रकारलाई अप्रिलमा चीनले भिसा नवीकरण गर्न अस्वीकार गरिएको थियो ।

चीनको विदेश मन्त्रालय र भारतीय विदेश मन्त्रालयले यसविषयमा कुनै टिप्पणी गर्न चाहेका छैनन ।

गत महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका थिए कि, भारतमा एक चिनियाँ पत्रकार बाँकी छन्, जो आफ्नो भिसा नवीकरणको लागि पर्खिरहेका छन् ।

यसअघि भारतले पनि सिन्ह्वा समाचार एजेन्सी र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारको भिसा नवीकरणको आवेदन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : ०४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य