६ पुस २०८२, आइतबार | December 22, 2025

नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक अभ्यास उदाहरणीय छ : उपमहासचिव खरे



काठमाडौं । संयुक्त राष्ट्रसङ्घ, मुख्यालय कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीको अभ्यास विश्वका लागि उदाहरणीय रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनमा भएको सहभागिता, अभ्यास र प्राप्त नजिताले त्यसलाई पुष्टि गरिरहेको बताए ।

संयुक्त राष्ट्रसङ्घ, सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठीमा भाग लिने क्रममा उपमहासचिव खरे नेपाल आएका छन् ।

उपमहासचिव खरेले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका शान्ति मिसनमा परिचालित नेपाली शान्ति सेनाले नवीनतम सूचना प्रविधिको प्रयोग गरिरहेकामा प्रशंसा गर्दै शान्ति सेनामा डिजिटल रुपान्तरणका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताए । उनले नेपाली सेनाले मिसनअन्तर्र्गत रही शान्ति सुरक्षा कायम गर्न असरदाररुपमा डिजिटल प्रविधि र उपकरण प्रयोग गरेकामा खुसी पनि व्यक्त गरे ।

शान्ति स्थापनार्थ खटिएका सुरक्षाकर्मीलाई आम नागरिकको सुरक्षा मुख्य चासो रहने बताउँदै उपमहासचिव खरेले शान्तिस्थापना कार्यमा आन्तरिकरुपमा प्रभावकारीरुपमा सञ्चालन हुने सञ्चार प्रद्धतिका लागि थप गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार, त्यस पद्धतिअन्तर्गत युएचएफ, भिएचएफ, रेडियो, इन्टरनेट र अरू सबै प्रकारका सञ्चार प्रयोग हुनेछ ।

उनले शान्ति स्थापना कार्यमा खटिने जनशक्तिले भोग्नु परेका अप्ठेराहरुलाई प्रविधिको प्रयोगले कसरी कमिल्याउन सकिन्छ भन्नेमा गोष्ठि महत्वपूर्ण साबित हुने उल्लेख गरे । उपमहासचिव खरेले एकीकृत तालिम तथा क्षमता अभिवृद्धि, टेलिमेडिसियन, शान्ति स्थापना कार्य सञ्चालनमा सूचनाको प्रयोग अभिवृद्धि गर्नु मुख्य उद्देश्य रहेको बताए ।

उनले शान्ति सैनिकका सुरक्षाका लागि अवलम्बन गरिएका विषयहरुले उनीहरुको जीवनस्तरमा सुधार ल्याउनाका साथै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उनले उल्लेख गरे । उपमहासचिव खरेले धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो तथा शान्ति स्थापना कार्यमा धेरै महिला सैनिक पठाउने मुलुकमा नेपाल पहिलो रहेको भनी नेपालको प्रशंसा गरे ।

सो अवसरमा सहायक महासचिवद्वय बेर्नार्डो र मार्था हेलेना लोपेज् सहायक महासचिव, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, नेपाली सेना शान्ति कार्य निर्देशक सन्तोषबल्लभ पौडेल लगायतले शान्ति सैनिकले सूचना प्रविधिको क्षेत्रमा प्रयोग गरिरहेको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ४ : ०७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको