६ पुस २०८२, आइतबार | December 22, 2025

प्राध्यापकलाई कालो मोसो दल्ने नेबिसंघका अध्यक्ष पक्राउ



बिराटनगर । नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार उनलाई बुधबार बिहान मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो ।

सेवा आयोगका अध्यक्ष प्रा.डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवास मै पुगेर कालोमोसो दलेका थिए । जसको सर्वत्र आलोचना भएको थियो । नेबिसंघ केन्द्रिय कार्यालयले उक्त घटनामा संलग्नहरु आफनो कार्यकर्ता नभएको भन्दै जिम्मेवारीवाट पन्छिएको थियो ।

तर, पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिए पछि प्रहरीले उनलाई ब्यापक खोजी गरेको थियो । मोरङ र सुनसरी दुवै प्रहरी टिमले उनको खोजी गरिरहेको बेला आज बिहान पक्राउ परेका हुन ।

सुनसरीका प्रहरी प्रमुख एसपी ढकालका अनुसार कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य जारी रहेको जनाउँदै सबैलाई पक्राउ गरिने जानकारी दिए ।

विश्वविद्यालयले कालोमोसो दलेको घटनामा संलग्न अध्यक्ष पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : ३९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको