१४ भदौ २०८३, आइतबार | August 30, 2026

कुटपिटबाट वडा सदस्यको मृत्यु



बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए । विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

कुटपिट गर्ने उनका श्रीमान् शम्भु विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ३ : ०८ बजे

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५