२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवलमा विद्युत सेवा अनियमितता विरुद्ध जाग्यो रास्टिय युवा संघ, समाधान नभए आन्दोलनको चेतावनी



बुटवल । केहीदिन देखि बुटवलमा भइरहेको विद्युत सेवा अनियमितताका सम्बन्धमा एमाले निकट रास्टिय युवा संघ रुपन्देहीले विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । युवा संघ रुपन्देहीका ईन्चार्ज एवं जनप्रतिनिधि नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकास जँग बस्नेत क्षेत्रीको नेतृत्वमा आज बुटवल स्थित विद्युत वितरण केन्द्र पुगेर प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

प्राधिकरण पुगेको संघको टोलीले विद्युतकाे वितरण केन्द्र बुटवलका प्रमुख कपिलराज पाण्डेलाई ध्यानाकर्षण पत्रबुझाएका छन् । सो अवसरमा बोल्दै युवा नेता शाहीले पछिल्लो समय बढेको चरम गर्मी र विद्युतमा देखिएको व्यापक अनियमितताले जनजीवन प्रभावित भएको बताए । विद्युत नियमित नहुँदा उद्योग कलकारखानाहरु सञ्चालन आउन नसकेको भन्दै उनले मुलुकले आर्थिक रुपमा समेत ठूलो क्षति व्यहोर्न परेको उल्लेख गरे ।

यसैगरी युवा संघ रुपन्दही अधयक्ष बस्नेतले ध्यानाकर्षण पत्र बुझाउँदै अबको एक हप्तामा पनि समस्या समाधान नभए थप कार्यक्रम सहित चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै बुटवल विद्युत वितरण केन्द्रका प्रमुख पाण्डेले राष्ट्रिय स्तरमै समस्या देखिएको बताए । पछिल्लो २-३ दिनदेखि समस्या अत्याधिक बढेको उनले स्वीकार गर्दै उनले राष्ट्रिय ग्रिडमै लो भोल्टेज तथा सिस्टम डाउन हुँदा समस्या भएको उल्लेख गरे । रास्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य केशब रोक्का तथा रुपन्देही उपाध्यक्ष दिपक खडगी तथा मनोज गौचन लगायतको उपस्थिमा ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १ : ५६ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको