२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलमा विद्युत सेवा अनियमितता विरुद्ध जाग्यो रास्टिय युवा संघ, समाधान नभए आन्दोलनको चेतावनी



बुटवल । केहीदिन देखि बुटवलमा भइरहेको विद्युत सेवा अनियमितताका सम्बन्धमा एमाले निकट रास्टिय युवा संघ रुपन्देहीले विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । युवा संघ रुपन्देहीका ईन्चार्ज एवं जनप्रतिनिधि नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकास जँग बस्नेत क्षेत्रीको नेतृत्वमा आज बुटवल स्थित विद्युत वितरण केन्द्र पुगेर प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

प्राधिकरण पुगेको संघको टोलीले विद्युतकाे वितरण केन्द्र बुटवलका प्रमुख कपिलराज पाण्डेलाई ध्यानाकर्षण पत्रबुझाएका छन् । सो अवसरमा बोल्दै युवा नेता शाहीले पछिल्लो समय बढेको चरम गर्मी र विद्युतमा देखिएको व्यापक अनियमितताले जनजीवन प्रभावित भएको बताए । विद्युत नियमित नहुँदा उद्योग कलकारखानाहरु सञ्चालन आउन नसकेको भन्दै उनले मुलुकले आर्थिक रुपमा समेत ठूलो क्षति व्यहोर्न परेको उल्लेख गरे ।

यसैगरी युवा संघ रुपन्दही अधयक्ष बस्नेतले ध्यानाकर्षण पत्र बुझाउँदै अबको एक हप्तामा पनि समस्या समाधान नभए थप कार्यक्रम सहित चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै बुटवल विद्युत वितरण केन्द्रका प्रमुख पाण्डेले राष्ट्रिय स्तरमै समस्या देखिएको बताए । पछिल्लो २-३ दिनदेखि समस्या अत्याधिक बढेको उनले स्वीकार गर्दै उनले राष्ट्रिय ग्रिडमै लो भोल्टेज तथा सिस्टम डाउन हुँदा समस्या भएको उल्लेख गरे । रास्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य केशब रोक्का तथा रुपन्देही उपाध्यक्ष दिपक खडगी तथा मनोज गौचन लगायतको उपस्थिमा ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १ : ५६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको