२९ पुस २०८१, सोमबार | January 14, 2025

चिनियाँ युवामा विवाह प्रति अरुची बढदो, १० वर्षमा ५० प्रतिशतले घट्यो नयाँ विवाह



बेइजिङ । चीन घट्दो जन्मदरसँग जुधिरहेको छ । वैवाहिक जीवनमा चिनियाँ युवायुवतीको अरुचीका बिषयलाई लिएर चिन सरकार चिन्तित भएको छ । हालै एक कार्यशालामा युवाहरुको बिवाह प्रतिको अरुची चिनियाँ भविश्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो ।

जसका कारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित गर्न खोजिरहेको छ । यति हुँदाहुँदै पनि चिनियाँ युवालाई विवाहमा खासै चासो छैन । यही कारणले गर्दा चीनले सन् १९७० को दशकको उत्तरार्धयता सबैभन्दा कम विवाह गरेको गत वर्ष रेकर्ड गरेको थियो ।

यसले चीनको जनसङ्ख्याको बिग्रँदै गएको सन्तुलन झल्काउँछ । यसकारण ६० वर्ष पछाडी पहिलो पटक जनसंख्या गिरावट समावेश भएको तथ्यांक सार्वजनिक गरिएको थियो । यद्यपि यी तथ्याङ्कहरू कोविड प्रतिबन्धको समयमा हो, जब धेरै शहरहरूमा लकडाउन लगाइएको थियो ।

नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चिनियाँ सञ्चारमाध्यमले लगातार नवौं वर्ष विवाह दर्ता घटेको बताएको छ। गत वर्ष नवविवाहित जोडीको संख्या ६८.३ लाख थियो । यो २०१३ मा भएको लगभग आधा हो । सन् २०१३ मा रेकर्ड १.३४ करोड जोडीले विवाह गरेका थिए । २०२१ मा ७६.३ लाख विवाह भएका थिए । अर्थात् २०२२ मा १०.५ प्रतिशत विवाह घटेको छ। यो सन् १९८६ यताकै न्यून हो ।

चिनियाँ अधिकारीहरूले कम विवाह र घट्दो जन्मदर बीच प्रत्यक्ष सम्बन्ध देख्छन्, जहाँ सामाजिक मान्यता र सरकारी नियमहरूले अविवाहित जोडीहरूलाई बच्चा जन्माउन गाह्रो बनाउँछ। विज्ञ हे याफुका अनुसार विवाहको बढ्दो औसत उमेरसँगै विवाहको बढ्दो लागत, घट्दै गएको युवा सङ्ख्या, छोराको रोजाइले विवाह घट्दै गएको छ ।

आधुनिक इतिहासमा पहिलो पटक नवजात शिशुको संख्या पनि गत वर्ष एक करोडभन्दा तल झरेको छ । ६० वर्षभन्दा बढीमा पहिलो पटक प्रति १,००० जनामा ​​६.७७ बालबालिका मात्र जन्मिएका छन् । यो सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापनापछिको सबैभन्दा कम जन्मदर हो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ३३ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती