२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

चिनियाँ युवामा विवाह प्रति अरुची बढदो, १० वर्षमा ५० प्रतिशतले घट्यो नयाँ विवाह



बेइजिङ । चीन घट्दो जन्मदरसँग जुधिरहेको छ । वैवाहिक जीवनमा चिनियाँ युवायुवतीको अरुचीका बिषयलाई लिएर चिन सरकार चिन्तित भएको छ । हालै एक कार्यशालामा युवाहरुको बिवाह प्रतिको अरुची चिनियाँ भविश्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो ।

जसका कारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित गर्न खोजिरहेको छ । यति हुँदाहुँदै पनि चिनियाँ युवालाई विवाहमा खासै चासो छैन । यही कारणले गर्दा चीनले सन् १९७० को दशकको उत्तरार्धयता सबैभन्दा कम विवाह गरेको गत वर्ष रेकर्ड गरेको थियो ।

यसले चीनको जनसङ्ख्याको बिग्रँदै गएको सन्तुलन झल्काउँछ । यसकारण ६० वर्ष पछाडी पहिलो पटक जनसंख्या गिरावट समावेश भएको तथ्यांक सार्वजनिक गरिएको थियो । यद्यपि यी तथ्याङ्कहरू कोविड प्रतिबन्धको समयमा हो, जब धेरै शहरहरूमा लकडाउन लगाइएको थियो ।

नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चिनियाँ सञ्चारमाध्यमले लगातार नवौं वर्ष विवाह दर्ता घटेको बताएको छ। गत वर्ष नवविवाहित जोडीको संख्या ६८.३ लाख थियो । यो २०१३ मा भएको लगभग आधा हो । सन् २०१३ मा रेकर्ड १.३४ करोड जोडीले विवाह गरेका थिए । २०२१ मा ७६.३ लाख विवाह भएका थिए । अर्थात् २०२२ मा १०.५ प्रतिशत विवाह घटेको छ। यो सन् १९८६ यताकै न्यून हो ।

चिनियाँ अधिकारीहरूले कम विवाह र घट्दो जन्मदर बीच प्रत्यक्ष सम्बन्ध देख्छन्, जहाँ सामाजिक मान्यता र सरकारी नियमहरूले अविवाहित जोडीहरूलाई बच्चा जन्माउन गाह्रो बनाउँछ। विज्ञ हे याफुका अनुसार विवाहको बढ्दो औसत उमेरसँगै विवाहको बढ्दो लागत, घट्दै गएको युवा सङ्ख्या, छोराको रोजाइले विवाह घट्दै गएको छ ।

आधुनिक इतिहासमा पहिलो पटक नवजात शिशुको संख्या पनि गत वर्ष एक करोडभन्दा तल झरेको छ । ६० वर्षभन्दा बढीमा पहिलो पटक प्रति १,००० जनामा ​​६.७७ बालबालिका मात्र जन्मिएका छन् । यो सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापनापछिको सबैभन्दा कम जन्मदर हो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ३३ बजे

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज