बुटवल । बुटवलका एक युवाको दोभान खोलामा डुबेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ सिर्जननगरका ३४ वर्षीय लोक प्रसाद रजालीको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर-२ खुर्सानेस्थित दोभान खोलामा डुबेर एक युवाले मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिबार दिउँसो साथीहरुसँगै ड्राइ पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पिकनिक सकिए पश्चात घरतर्फ फर्किने क्रममा लोक प्रसादलाई साथमा नदेखेपछि उनका साथीहरुले खोजतलास गर्ने क्रममा पिकनिक खाएको स्थानदेखि अन्दाजी १०० मिटर माथि पानी भित्र डुबेको अवस्थामा फेला पारेका थिए ।
उनलाई तत्काल उद्दार गरि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले रजालीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो नै पाल्पाको सिद्धबाबास्थित तिनाउ खोलाको ड्याममा डुबेर गुल्मीका एक युवकको मृत्यु भएको थियो ।



















प्रतिक्रिया