४ चैत्र २०८२, बुधबार | March 18, 2026

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड तुम्लिङ्टारमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न साेमबार दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । शनिबारयता परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए  । प्रधानामन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका छन् ।

उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई दिर्देशन र अन्य स्वयंसेवी संघसंस्थामा अपिल पनि गरे ।

प्रधानमन्त्री प्रचण्डले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारबिहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।

उनले भने, ‘म अस्ति मात्र मेलम्ची गएको थिएँ, त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो । यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’ प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्किने कार्यक्रम छ ।

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ३८ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी