४ चैत्र २०८२, बुधबार | March 18, 2026

मोर्चा सजिलै बनेको होइन, पापड बेल्नु पर्दोरहेछ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चा बनाउन पापड बेल्नुपरेको बताएका छन् । कुनै पनि काम गर्न सजिलो नहुने बताउँदै यसमा पनि निकै गृहकार्य गरिएको उल्लेख गरे ।

समाजवादी मोर्चा घोषणापछि सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि काम गर्न सजिलो हुँदो रहेनछ । सजिलै गरी नेता बसेका होलान्, सहमति गरेका होलान्, तर त्यसो होइन । शब्द-शब्दमा छलफल गरेका छौं । विषयवस्तुमा गम्भीर बहस गरेका छौं । आजमात्रै सहमति पत्रको अन्तिम रुप दिएका छौं ।’

केहीलाई मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न बनाएको लागेको बताउँदै त्यस्तो नभएको स्पष्ट पारेका छन् । उनले थपे, ‘सवै सकारात्मक शक्ति एकताबद्ध गर्न बनेको हो । समाजवादी शक्तिको जनतामा रहेको प्रभाव विस्तार गर्न, सुशासन सुनिश्चित गर्न, राजनीतिमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि एकताबद्ध भएर अघि बढ्न चाहन्छौं । कुनै पार्टीलाई घुर्क्याउन होइन । तर्साउन चाहेका होइन ।’

अग्रगमन र प्रगतिको पक्षमा नभएकाहरु तर्सिएको उनले बताएका छन् । मोर्चा पहिलोपटक नबनेको तर नयाँपन रहेको उनको भनाइ छ । नेता नेपालले २०४६ सालमा बहुदल ल्याउन वाम मोर्चाका साथै अन्य शक्ति मिलेर बनाएको स्मरण पनि गरे। यसैगरी संघीय गणतन्त्र ल्याउन ७ दलीय मोर्चा बनाइएको उनले बताए ।

सरकारमा भएका र नभएका दुवै मिलेर बनेको बताउँदै नेपालले त्यही यसको विशेषता रहेको बताए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ०३ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी