२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

लगातारको बिद्युत अनियमितताले बुटवलका होटल ब्यवसायी आन्दोलित



बुटवल । केहीदिन देखि लगातार बुटवल र यस आसपासका क्षेत्रहरु पटक पटक विद्युत अवरुद्ध हुन थालेपछि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ आन्दोलित बनेको छ । संघले लगातारको विद्येत अनियमितताका विषयमा बुधबार नेपाल बिद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी सहित पदाधिकारीहरुले बुटवल वितरण केन्द्र पुगेर केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई तथा नयाँँमिल वितरण केन्द्र पुगेर शाखा प्रमुख रितेश गुप्तालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

बुटवलमा ध्यानाकर्षणपत्र बुझाउँदै रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले लगातार अघोषित लोडसेडिङको कारण होटल तथा रेष्टेरेन्ट ब्यवसायीहरु ठुलो समस्यामा परेको बताए । विद्युत अनियमितताले पर्यटन ब्यवसायमा सबैभन्दा ठूलो असर परेको उनले बताए । कोभिड संक्रमण, आर्थिक संकटसंगै लगातार विद्युतको समस्याको कारण समस्या आईपरेको बताउँदै उनले बजारमा थ्रि फेस लाईन जडान गरेको ठाँउमा समेत एक फेसमात्र आएको अवस्था रहेको जनाए ।

ध्यानाकर्षण पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेले कालिगण्डकीको उत्पादन कम हुँदा समस्या देखिएको जानकारी दिए । गर्मीका कारण अत्याधिक उपकरण प्रयोग हुँदा भोल्टेजको समस्या रहेको उनले दाबी गरे ।

प्राधिकरण, नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले विद्युत वितरण प्रणालीमा केहि कठिनाई रहेको स्वीकार गर्दै एकै रात १२ पटकभन्दा बढि ट्रिपिङ हुने समस्या देखिएको बताए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ११ बजे

रौतहट ४ को मतगणना सुरु

चन्द्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता, विष्णु पौडेलभन्दा २ हजार बढी मतले अगाडि

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-२ मा जारी

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य