२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

पोखरामा ‘ड्रागन बोट रेस’ महोत्सव सुरु



पोखरा। पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन्। प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी छन् ।

यो महोत्सव दक्षिण एशियाकै पहिलो भएको दाबी गरिएको छ । फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर, चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन कनेट टोली नेपाल र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा प्रयोग गरिने बोट चीनबाट ल्याइएको हो । प्रतियोगिताका लागि चाहिने सामग्री पनि चीनबाट ल्याइएको थियो । उक्त सामग्री केरुङ नाका हुँदै भित्र्याइएको थियो ।

बुधबार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट आएका छन् । नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त आयोजना गरिएको हो । गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ११ बजे

रौतहट ४ को मतगणना सुरु

चन्द्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता, विष्णु पौडेलभन्दा २ हजार बढी मतले अगाडि

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-२ मा जारी

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य