१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपालगन्जका मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ ।

उपमहानगरपालिकाका खासगरी वडा नं १४ र १५ मा किशोरी र महिलामा सञ्चालन भएको विभिन्न बालविवाह विरोधी अभियानले ७० दशमलव ०३ प्रतिशत बालविवाह कम भएको सर्वेक्षणले देखिएको फातिमा फाउन्डेसन बाँकेका अध्यक्ष मैमुना सिद्धिकीले जानकारी दिइन् ।

उनले बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिने विषयमा चुनौती थपिएको उल्लेख गर्दै मदरसाको मात्रै पहुँच भएका किशोरी अहिले विद्यालय गएर पढ्न थालेको बताइन् ।

अध्यक्ष सिद्धिकीले भनिन्, “हामीलाई धर्मगुरुको अलि बढी डर थियो तर उहाँहरू पनि अहिले हाम्रो साथमा हुनुहुन्छ ।” किशोरीलाई विद्यालय लैजानका लागि पोशाक र पुस्तकको केही समस्या भएको जानकारी दिँदै उनले बालविवाहविरोधी अभियानलाई निरन्तरता दिन स्थानीय सरकारसँग पनि सहकार्य गर्न प्रस्ताव गरेको बताइन् ।

नेपालगन्ज उपमहानगरपालिका महिला विकास अधिकृत मञ्जु पाण्डेले उपमहानगरपालिकाको वाड नं १९ मा किशोरी परामर्श केन्द्र स्थापना भएको जानकारी दिँदै किशोरी विकास कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।

नेपालगन्ज उपमहानगरपालिका–१५ की अञ्जली राउले आफू बालविवाहको दुष्चक्रमा फसेको जानकारी दिँदै अभिभावकलाई बुझाएपछि त्यसबाट मुक्त भएको जानकारी दिइन् । “मैले यसका लागि धेरै नै सङ्घर्ष गर्नुपरेको छ, सायद त्यही सङ्घर्षका कारण आज मेरो विवाह भएको छैन”, उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।

अञ्जलीले खासगरी किशोरी समूहमा आबद्ध भएपछि बालविवाहविरुद्धको अभियानमा एक वर्षअघि मात्रै लागेको बताइन् । उनी अहिले कलेजको दश जोड दुईमा अध्ययनरत छिन् ।

परियोजनाका संयोजक उमेश गुप्ताले उपमहानगरपालिकाको वडा नं १४ र १५ मा सबैभन्दा बढी बालविवाहको समस्या भएको जानकारी दिँदै बालविवाहको प्रमुख कारण गरिबी भएको बताए ।

“मधेसी समुदायमा किशोरीको कुरा सुन्ने प्रचलन हुँदैन, त्यसैले पनि उनीहरूको समूह नै गठन गरेर काम हुँदै आएको छ”, उनले भने । उनले महिलालाई नीतिगत तहमा पहुँच पुर्याउने र आर्थिक सशक्तीकरणमा जोड दिएको उल्लेख गर्दै स्थानीय स्रोत र साधनमा समेत महिलाको पहुँच बढेको बताए ।

सो फाण्डेसनले किशोरी, महिलाको समूह बनाएर बालविवाहबाहेक सीप विकास र क्षमता अभिवृद्धिमार्फत तरकारी खेती, बाख्रापालनलगायतका आयआर्जनका कामसमेत गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ४७ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार