२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

गुगलले आफनो ग्लोबल फिन्टेक गुजरातमा खोल्ने



वाशिंगटन । गुगलले आफ्नो ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्ने भएको छ ।

गुगल कम्पनीका सीईओ सुन्दर पिचाईले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सो घोषणा गरेका हुन ।

उनले मोदी सरकारको प्रमुख अभियान ‘डिजिटल इन्डिया’ का लागि प्रधानमन्त्री मोदीको दृष्टिकोणको समेत प्रशंसा गरेका छन् ।

समाचार एजेन्सी एएनआईले सुन्दर पिचाईलाई उद्धृत गर्दै भन्यो, प्रधानमन्त्री मोदीको अमेरिकाको ऐतिहासिक भ्रमणको क्रममा भेट्न पाउनु सम्मानको कुरा थियो। हामीले भारतको डिजिटाइजेसन कोषमा गुगलले १० अर्ब डलर लगानी गरिरहेको कुरा मोदीसँग साझा गर्यौं र गुगलले ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्दछौं भन्ने जानकारी पनि दियौं ।’

गुगलका सीईओले भने, ‘डिजिटल इन्डियाका लागि प्रधानमन्त्रीको भिजन समयभन्दा अगाडि थियो र अब म यसलाई अन्य देशहरूले के गर्न खोजिरहेका छन् भन्ने खाकाको रूपमा हेर्छु।’

भारतीय मुलका गुगलका सीईओ पिचाईले राष्ट्रपति वाइडेनले दिएको पार्टीमा सहभागी हुने क्रममा सो जानकारी दिएका हुन् ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ३७ बजे

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन