९ चैत्र २०८२, सोमबार | March 23, 2026

मिटरब्याजीका नाइके रमानन्दको घर ‘विप्लव’ नेतृत्वको नेकपाको कब्जामा !



बुटवल । संसदीय राजनीति गरिरहेका ३ राजनीतिक दलसँग सहकार्य गर्दै समाजवादी मोर्चामा सहभागी भएको विप्लव नेतृत्वको नेकपाले रुपन्देहीको भैरहवामा मिटरब्याजीमा लगानी गर्ने एक ब्यापारीको घर कब्जा गरेको घोषणा गरेको छ । मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै विप्लव नेतृत्वको नेकपाले सिद्धार्थनगर नगरपालिका-५ भैरहवा मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको घोषणा गरेको हो ।

आज मध्यान्ह सो समुहका कार्यकर्ताहरु गएर घरमा ब्यानर र झण्डा लगाउँदै घर नियन्त्रणमा लिएको घोषणा गरेका थिए । नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र विकले बानियाँको घर नियन्त्रणमा लिएको पुष्टि गरे । उनले रमानन्दले किसानबाट ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर किसानलाई ठगी गरेको उजुरी पार्टीमा आएपछि पार्टीले उनको घर कव्जा गरेको दाबी गरे । बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएको, कैयौंलाई घर छाडेर भाग्न बाध्य बनाएको विकको आरोप छ ।

बानियाँको ठगी धन्दाविरुद्ध जिल्ला प्रशासन कार्यलयमा समेत दर्जनौं उजुरी परेको विकले बताए । उनका अनुसार २०७४ सालबाट पटकपटक उजुरी दिए पनि प्रशासनले बेवास्ता गरेपछि पीडित ऋणीहरूले नेकपामा लिखित उजुरी दिएको बताइएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ११ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय